२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेकपा एस रुपन्देहीको अध्यक्षमा हिराध्वज शाह

आइतवार , चैत्र ९, २०८१

बुटवल, १० चैत । नेकपा ((एकीकृत समाजवादी) रूपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । आफूले नेकपा (एकीकृत समाजवादी) लाई रुपन्देहीमा सशक्त पार्टीका रुपमा स्थापित गर्ने शाहले प्रतिबद्धता जनाए । उनले सबै पक्षलाई मिलाएर पार्टी गतिविधिलाई अगाडि बढाउने समेत उनले बताए ।

अधिवेशनबाट उपाध्यक्षमा अविराम विश्वकर्मा, अर्का उपाध्यक्षमा मिरा श्रेष्ठ, सचिवमा टंक प्रसाद पोख्रेल निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष फर्सुराम घिमिरेले बताए । यसैगरी उप–सचिवमा रामबहादुर बस्नेत, बाबुराम अर्याल र शारदा पहारी चयन भएका छन् ।

484302696_9450425588397926_8617703267700845570_n.jpg

त्यसै गरी विधानले तोकेअनुसारको समावेशी सदस्यहरुसहित ६७ सदस्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ । निर्वाचितहरुलाई निर्वाचन मण्डलको उपस्थितिमा प्रमाणपत्र प्रदान गरिएको छ । पार्टीका पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेले अध्यक्षतामा गठन गरिएको अध्यक्ष मण्डलमा पाृलिटब्यूरो सदस्य अब्दुल हुसेन खान, केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, भगवती घिमिरे, उमा काफ्ले, लक्ष्मी भुसाल, बाबुलाल यादव रहेका थिए । 

शनिबार उद्घाटन गरिएको अधिवेशनको आइतबार बन्दसत्र भएको थियो । अधिवेशनको शनिबार नेकपा (एकीकृत समाजवादी) का महासचिव तथा पूर्वमन्त्री घनश्याम भुसालले उद्घाटन गरेका थिए ।