२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महिला नेतृहरुबीच अन्तरसम्वाद गराउँदै सिद्धार्थनगर नगरपालिका

बुधवार , चैत्र १२, २०८१

भैरहवा, १३ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिला नेतृहरुबीच अन्तरसम्वाद गराउने भएको छ । पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेशभित्रका महिला जनप्रतिनिधिहरुबीच यही चैत १६ गते शनिबार पटवा बैंक्वेटमा अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले बताइन् ।

कार्यक्रममा नेपाली काँग्रेसकोतर्फबाट केन्द्रीय सदस्य गंगा शाही, नेकपा (एमाले) बाट पार्टी केन्द्रीय सचिव तथा पूर्वमन्त्री पद्मा अर्याल र नेकपा (माओवादी केन्द्र) को तर्फबाट पूर्व सञ्चारमन्त्री रेशा शर्मा वक्ताको रुपमा आमन्त्रण गरिएको छ । 

उद्घाटन र बन्द गरी दुई सत्रमा कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा लुम्बिनी प्रदेशका महिला सांसद्, स्थानीय तहका महिला प्रमुख उपप्रमुख, महिला अध्यक्ष, उपाध्यक्ष, महिला वडाअध्यक्ष र महिला कार्यपालिका सदस्यलाई आमन्त्रण गरिएको उपप्रमुख अधिकारीले जानकारी दिइन् ।

महिला जनप्रतिनिधिहरुबीच कार्यसम्पादनमा आइपरेका समस्या, समाधान, उपलब्धी, भावी सम्भावना लगायतका विषयमा केन्द्रीत रहेर अन्तरसम्वाद कार्यक्रमको आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले जानकारी दिए ।