२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

अर्घाखाँचीमा जीप दुर्घटना, ३ जना घाइते

आइतवार , चैत्र ८, २०७७

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • अर्घखाँची , ८ चैत्र

    अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ चुत्राबेंसीमा जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।  

    सन्धिखर्क नगरपालिका -९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु. १ ज ४५३८ नम्बरको जीप चुत्राबेसींको जनज्योती माविनजिकै आइतबार बिहानै दुर्घटना भएको प्रहरीले बताएको छ । 

    घाइते भएका ३ जनामध्ये २ जनाको अवस्था भने गम्भीर रहेको अर्घखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए। 
    गम्भीर घाइते भएका सन्धिखर्क ९ अर्घाका ४२ वर्षीय चालक ठगबहादुर घर्ती र ६६ वर्षीय सीता खत्रीलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको  डा. गौतमले बताए ।