२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तीनकुनेमा आगलागी भएकाे घरमा जलेर एभिन्युज टिभीका पत्रकार रजककाे मृत्यु

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौँ । शुक्रबार भएको राजसंस्था पक्षधरहरूको आन्दोलनका क्रममा आगलागीमा परेको घरबाट लाइभ गरिरहेका एक पत्रकारको निधन भएको छ।

एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको आगलागीमा परेर निधन भएको प्रहरीले जानकारी दिएको छ।

उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले प्रहरी तथा काठमाडौँको सिडियो ऋषिराम तिवारीलाई पटकपटक फोन गरेको तर उनीहरूले कुनै  जिम्मेवार जवाफ नदिएको बताएका छन्बु ।

काठमाडौँका सिडियो तिवारीले पटकपटक राजकर्णिकारले फोन गर्दा पनि फोन रिसिभ नगरेको स्रोतले जानकारी दिएको छ।

रजक उक्त आगलागीमा नपरेको जवाफ सुरक्षाका अधिकारीले दिएका दिए। तर, अहिले गृह स्रोतले नै घटनामा परी जलेका व्यक्ति एभिन्युजका भिडियो पत्रकार रहेको पुष्टि गरेको छ।

राजसंस्था पक्षधरहरूको आन्दोलनमा परी कीर्तिपुरका सविन महर्जनको पनि गोली लागेर निधन भएको छ।