
शनिवार , चैत्र १५, २०८१
भैरहवा, चैत १६ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लवले उचालेको छ । क्रिभुवन आर्मी क्लवसंग भएको फाईलन खेलमा नेपाल पुलिस क्लवले ६ विकेटले प्रतियोगिता जित्दै उपाधि उचालेको हो । क्रिभुवन आर्मी क्लव फेरी पनि उपविजेतामा सिमित भएको छ ।
भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा आज शनिवार सम्पन्न फाइनल खेलमा साविक विजेता नेपाल पुलिस क्लबसँग ६ विकेटले पराजित हुदै आर्मी लगातार छैठौं पटक प्रतियोगिताको उपविजेतामा सिमित भएको हो । अहिलेसम्म भएका सातवटै संस्करणको प्रतियोगिताको फाइनल पुगेको आर्मीले पहिलो संस्करणबाहेक कुनै संस्करणको उपाधी उचाल्न पाएको छैन ।
पुलिसले भने पहिलो संस्करणको प्रतियोगितामा आर्मीसँग उपाधी बाडेको थियो । त्यसपछि २०१९ मा भएको तेस्रो संस्करण र गत वर्ष उपाधी जितेको थियो । आर्मीले दिएको १ सय ५५ रनको लक्ष्य पुलिसले २५ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो ।
पुलिसलाई च्याम्पियन बनाउँने क्रममा कुशल भुर्तेलले सर्वाधिक ६१ रन जोडे । उनले ७० बलको सामना गर्दै ७ चौका र ३ छक्का प्रहार गरे । पहिलो विकेटका लागि कुशलले अमित श्रेष्ठसँग मिलेर ७७ रनको साझेदारी गरे । अमित ३८ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३९ रनमा आउट भए ।
गुल्शन झा ९ र शंकर राना १ रनमा आउट भए । दिलिप नाथ २४ बलमा २ चौका र २ छक्काको सहयोगमा ३१ रनमा अविजित रहे । आर्मीका लागि शाहब आलमले ३ तथा नरेन साउदले १ विकेट लिए ।
त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले बसिर अहमदको अर्धशतकको सहयोगमा ४३ ओभरमा अल आउट हुदै १ सय ५४ रनको सम्मानजनक योगफल तयार ग¥यो ।
आर्मीका लागि बसिरले अविजित रहँदै सर्वाधिक ८६ रन जोडे । उनले १ सय ४ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरे । टोलीले २५ रन जोड्दा ५ विकेट गुमाइसकेको अवस्थामा बसिर क्रिजमा आएका थिए । छैठौं विकेटका लागि कप्तान विनोद भण्डारीसँग मिलेर ७२ रनको महत्वपुर्ण साझेदारी गरे ।
कप्तान विनोद भण्डारी ५८ बलमा ३ चौकाको सहयोगमा २९ रनमा आउट भए । सुरुवाती क्रमका ब्याटर सस्तैमा आउट भएर लज्जास्पद स्थितीमा पुगेको आर्मीलाई बसिरले सम्मानजनक योगफलसम्म पुर्याए । नवौं विकेटका लागि बसिरले विवेक यादवसँग मिलेर ३६ रनको साझेदारी गरे । विवेकले २७ बलमा ११ रन जोडे ।
आर्मीको माथिल्लो क्रमको ब्याटिङलाई चल्न नदिन पुलिसका तीव्रगतिका बलर करण केसीले ३ विकेट लिए । सागर ढकालले ३, कप्तान दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशी र गुल्शन झाले समान १ विकेट लिए ।
लिग चरणमा शीर्ष २ मा रहेर आर्मी र पुलिसले फाइनल खेलेका हुन् । लिग चरणको खेलमा पुलिसको १८ खेल लामो अपराजित यात्रा आर्मीले रोकेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij