२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बालेन शाहले काटे ज्ञानेन्द्र शाहलाई जरिमाना पत्र

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।

महानगरले हिजो शुक्रबार तीनकुने तथा कोटेश्मावरमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिवाना तोकेको हो ।

महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ ।

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो ।

सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।

राजावादी समर्थकहरू उग्र बन्दा शुक्रबार दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो भने सरकारी तथा नीजी सम्पत्तीमा क्षती पुगेको थियो । 

कुन शीर्षकमा कति जरिवाना ?

  • कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर - रु १ लाख

  • महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर - रु १ लाख

  • तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर - रु १ लाख

  • जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर - रु १ लाख

  • बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर - रु १ लाख

  • सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर - रु १ लाख

  • दमकल तोडफोड - रु १ लाख ३० हजार

  • तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड - रु ६३ हजार