
आइतवार , चैत्र ८, २०७७
भैरहवा, ८ चैत ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री भैरहवा बाल मन्दिर आधारभूत विद्यालयको भेला आइतबार सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाका शिक्षा अधिकृत जानबी पाण्डेको संयोजकत्वमा अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवि, समाजसेवीहरुको सहभागितामा सम्पन्न भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा साजन भण्डारीलाई सर्वसम्मत चयन गरेको छ । भण्डारी नेपाल बाल संगठन रुपन्देहीका सभापति समेत हुन् ।
विद्यालय व्यवस्थापन समिति गठन गर्न छनौट भएका सदस्यहरुमध्ये सर्वसम्मतिका आधारमा भैरहवा बाल मन्दिर आधारभूत विद्यालयको अध्यक्षमा ४ वर्षको लागि भण्डारीलाई अध्यक्षमा चयन गरिएको हो ।
त्यस्तै समितिको सदस्यमा दुलक थापा, पदमा गौतम, पवित्रा शर्मा, रोशन निसा, चेत बहादुर क्षेत्री (वडाअध्यक्ष), सदस्य–सचिवमा धन थापा (प्रधानाध्यापक), दीपा पचभैया (शिक्षक प्रतिनिधि) र अञ्जु श्रेष्ठ रहेका छन् ।
सो अवसरमा बोल्दै अध्यक्ष भण्डारीले विद्यालयलाई उदाहरणीय बाल मन्दिर बनाउन सबैको सहयोगको आवश्यकता रहेकोमा जोड दिए । उनले बालबालिकालाई शिक्षाबाट वञ्चित गर्न नहुने बताए । उनले अभिभावकले खेलेको महत्वपूर्ण भुमिका कारण बालबालिकाहरु अनुशासित भएको बताए । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालको पनि आतिथ्यता रहेको थियो ।
२०२६ सालमा स्थापना भएको श्री भैरहवा बाल मन्दिर आधारभूत विद्यालयमा बाल विकास र कक्षा १ गरी ४६ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij