२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल लोकतान्त्रिक खेलकुद संघ रूपन्देहीमा को–को भए मनोनित ?

आइतवार , चैत्र १६, २०८१

भैरहवा, १७ चैत । नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ, रुपन्देहीमा पदाधिकारी तथा सदस्यहरु मनोनित गरिएको छ । संघको अध्यक्षमा भने यसअघि कमल जि.सी. मनोनित भएका थिए । जिसीको अध्यक्षतामा रहेको तदर्श समितिलाई पूर्णता दिइएको हो । उक्त समितिले केही समयमा जिल्ला अधिवेशन तोकेर निर्वाचन गर्ने जनाएको छ ।

संघको उपाध्यक्षमा मुकेश कुँवर, सचिवमा दीपक काफ्ले, सह–सचिवमा अर्जुन कुँवर र कोषाध्यक्षमा प्रिय बन्धु न्यौपाने मनोनित भएका छन् । त्यस्तै सदस्यहरुमा मोतीकला गुरुङ, सरस्वती लामगादे, नारायण थापा, रमेश पन्त, कपिल गौतम, बुँद महर्जन, राम प्रसाद कहार, सन्देश पोखरेल, विकास नारायण श्रेष्ठ, निरज नारायण श्रेष्ठ र प्रभात गुरुङ मनोनित भएका छन् ।

भैरहवास्थित नेपाली काँग्रेस रुपन्देही जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोयन–पत्र र प्रमाणपत्र वितरण गरिएको छ । 

संघका अध्यक्ष जिसीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस रुपन्देही सभापति एवं तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाण, नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्द, कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशील गुरुङ, युवा नेता तथा सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ, दीपेन्द्र बुढापृथी, नगरसभापति कोशिष बहादुर खड्का, युवा नेता दीपेन्द्रमान श्रेष्ठ, दुर्गा पाठक, प्रशान्त मल्ल, संगम न्यौपाने लगायत नेता तथा खेलप्रेमी र खेलाडीहरुको उपस्थिति थियो । 

कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघबाट प्राप्त मनोनयन–पत्र जिल्ला सभापति खाँणले अध्यक्ष जि.सी.लाई प्रदान गरेका थिए ।

WhatsApp Image 2025-03-30 at 1.55.29 PM (1).jpeg