२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

निःशुल्क रगत उपलब्ध गराउन मुसिकोट र रेडक्रसबीच सम्झौता

सोमवार , चैत्र १७, २०८१

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, १८ चैत । नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखा र गुल्मीको मुसिकोट नगरपालिकाबीच नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार मुसिकोट नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने र नगरपालिकाबाट रक्त संचार सेवा बुटवल/भैरहवाको लागि मुसिकोटभित्र रगत संकलन कार्यमा सहयोग गर्नुपर्नेछ । 

    मुसिकोटका बासिन्दालाई रक्त संचार सेवा बुटवल.भैरहवाले निःशुल्क रगत उपलब्ध गराउने र रुपन्देही जिल्ला शाखाको रक्त संचार सेवा बुटवल/भैरहवाले तोेकेको शुल्कमा नगरपालिकालाई रक्त संचार सेवा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । नगरबासीलाई रगत अभावका कारण स्वास्थ्यमा हुने जोखिम न्यूनीकरणका लागि सम्झौता गरिएको हो ।

    सम्झौता–पत्रमा मुसिकोटका नगरप्रमुख (मेयर) जिवलाल खरेल जीवन तथा नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्याय र मन्त्री टेक बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

    सोमबार बुटवलमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा रेडक्रस सोसाईटी सिद्धार्थ उपशाखाका सचिव राम प्रसाद सापकोटा र रक्त सञ्चार सेवा केन्द्र बुटवलका इञ्चार्ज राधा ज्ञवालीको उपस्थिति थियो । यो सम्झौताको अवधि २०८३ असार मसान्तसम्म रहने रेडक्रस सोसाईटी सिद्धार्थ उपशाखाका सचिव राम प्रसाद सापकोटाले जानकारी दिए ।

    WhatsApp Image 2025-03-31 at 3.32.06 PM.jpeg