२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कथाकार शाहद्वारा गाउँ छाडेको मान्छे प्रकाशित

मंगलवार , चैत्र १८, २०८१

काठमाण्डौं । कथाकार एवम् कवि अमर शाह नेपाली साहित्यका एक प्रतिभाशाली स्रष्टा हुन् । झन्डै पाँच दशकदेखि साहित्य सृजनामा सक्रिय शाहको गाउँ छाडेको मान्छे शीर्षक कविता हालै प्रकाशित भएकोछ ।

उनका सृजनामा बिशेषत आलोचानात्मक यथार्थबादी चेतना पाइन्छ । आलोचनात्मक चेतना आधुनिक नेपाली साहित्यको महत्वपूर्ण गहना हो ।  समाजको विद्धमान यथार्थलाई आलोचनात्मक चेतनासहित पस्कन सक्ने मुर्धन्य व्यक्ति शाहका आदि–युग ( २०४५ साल), कुरुक्षेत्र  (२०७२ साल) कथा संग्रह र २०७६ सालमा यात्रा र घुम्तीहरु र गाउँ छाडेको मान्छे (हालै प्रकाशित ) कवितासंग्रह प्रकाशित कृतिहरु हुन् ।

उनका कृतिहरुमा आर्थिक असमानता एवम उत्पीडन, राजनीतिक बिकृति र बिसंगीती, लैंगिक विभेद, अन्धविश्वास, रुढिबादी परम्परा, सामाजिक सांस्कृतिक विषमता जस्ता समाजका बास्तबिकतालाई आलोचनात्मक चेतनाको माध्यमबाट समाज रुपान्तरणमा बिस्तारित भएको पाइन्छ ।

ग्रामीण जीवन, सामाजिक परिवर्तन, र मानवीय भावनाहरूलाई गहिरो रूपमा उजागर गर्न सिपालु शाहको गाउँ छाडेको मान्छे कवितासंग्रहले नेपाली साहित्यमा नयाँ आयाम थपेको छ ।