
मंगलवार , चैत्र १८, २०८१
भैरहवा, १९ चैत । सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) तथा संविधान सभा सदस्य इश्तियाक अहमद खाँले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद्) एवं पूर्वमन्त्री दीपक बोहराको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सांसद् एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री बोहराको निधनले यस क्षेत्रको विकासमा अपुरणीय क्षति पुगेको उल्लेख गर्दै उनले दिवंगत आत्माको चिरशान्तिको कामना समेत गरेका छन ।
उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । मेयर खाँले एक शोक विज्ञप्ती जारी गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समवेदना व्यक्त गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij