२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

११ औं बुटवल श्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि सुवेदी र कुँवरलाई

बुधवार , चैत्र १९, २०८१

बुटवल, २० चैत । युवाहरुलाई खेलकुदप्रति आकर्षित गरी असल, सभ्य, अनुशासित र स्वस्थ्य बनाउने उद्देश्यले आयोजित ११ औं बुटवल श्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि दाङका माधव सुवेदी र पश्चिम नवलपरासीका रुबिना कुँवरले हासिल गर्न सफल भएका छन् । प्रतिष्पर्धात्मक फाइनल राउण्डमा अन्य चार जना समुह बिजयी खेलाडीलाई उछिनेर माधव सुवेदी च्याम्पियन बन्न सफल भएका हुन् ।

लुम्बिनी, गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशका ५३ जना खेलाडीको सहभागीता रहेको सो प्रतियोगितामा ६५ केजी वजन समूहबाट विजेता भइ फाइनल चरणमा पुगेका लुम्बिनी प्रदेश, मस्का फिटनेस दाङका माधव सुवेदी औभरअल च्याम्पियन बन्न सफल भए । विभिन्न तौल समूहबाट प्रथम बन्दै छनौट चरण पार गरेका ५ जना विजेता खेलाडीहरुले अन्तिम प्रतिष्पर्धामा भाग लिएका थिए ।

लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा भएको सो प्रतियोगितामा महिला फिजिक्सतर्फको उपाधि भने नवलपरासीका रुबिना कुँवरले हात पारिन् । अर्घाखाँचीकी रीता विश्वकर्मा र रुपन्देहीकी चुनु पुन क्रमश : दोस्रो र तेस्रो भए । उनीहरुले मेडल, प्रमाणपत्र तथा ट्रफीसहित क्रमश ः नगद २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । महिलातर्फ भने ५ जना मात्र खेलाडी सहभागी थिए ।

प्रतियोगिताको ५५ केजी तौल समूहतर्फ रुपन्देहीका बिनोद कुमार थापा प्रथम, रुपन्देहीकै सागर विक दोस्रो र बाँकेका करन बडिया तृतीय भए । त्यस्तै ६० केजी तौल समूहमा कपिलवस्तुका सुरेन्द्र कुमार बर्मा प्रथम, गण्डकी प्रदेशका ईश्वर गुरुङ द्वितीय र कास्कीका सुजन थापा तृतीय भए । ६५ केजी तौल समूहमा नवलपरासीका नवराज डुम्रे प्रथम, गुल्मीका गौतम राना द्वितीय र दाङका प्रतीक चौधरी तेस्रो बनेका छन् । 
त्यसै गरी ७० केजी वजन समुहमा लुम्बिनी प्रदेश दाङका माधव सुवेदी प्रथम, गण्डकी प्रदेश तनहुँका सन्तोष श्रेष्ठ द्वितीय र सुदुरपश्चिमको धनगढीका उदय खड्का तृतीय भए भने ७० केजी वजन भन्दा माथिको समूहमा लुम्बिनी प्रदेश दाङका दिपजंग मगर प्रथम, रुपन्देहीका कुशल प्रसाद गुरुङ द्वितीय र रुपन्देहीकै अनिश थापा तृतीय भएको भएका छन् । 

प्रत्येक वजन समूह प्रथम, दोस्रो र तेस्रो भएका खेलाडीहरुले मेडल, प्रमाणपत्र सहित जनही क्रमश ः १० हजार ८ हजार र ५ हजार नगद हात पारे । प्रतियोगितामा सहभागी ५५ जना प्रतिष्पर्धी खेलाडीहरुको चुनौतीलाई पाखा लगाउँदै उनले ११ औं बुटवल श्री को उपाधिसँगै १ लाख नगद, सप्लिमेन्टहरुसहित आकर्षक ट्रफी हात पारे । विजेता माधव सुवेदीले यसअघि बुटवल श्रीको दशौं संस्करण आफ्नो वजन समूहमा तृतीय भएकोमा यसपटक उपाधि जित्दा निकै उत्साहित भएको बताए । 

उक्त कार्यक्रम लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा मुख्य निर्णायक एवं अन्तर्राष्ट्रिय निर्णायक बिजय लाल कायस्थ, अन्तर्राष्ट्रिय निर्णायक क्रमश बुद्धिजंग कार्की, केशव बहादुर शाक्य तथा राष्ट्रिय निर्णायकहरु शिवध्वज राई, राज कुमार श्रेष्ठ, सुरज श्रेष्ठ, बाबुकाजी मानान्धर, सन्तोष शाक्य र हेमन्त शाक्यले गरेका थिए । 

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलले सबै खेललाई समान रुपमा हेर्ने गरेको बताए । उनmे खेलकुदले पनि बुटवललाई चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकाले यहाँको खेलकुदको विकासको लागि नगरपालिका सधै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उक्त कार्यक्रमको सञ्चालन सुमन श्रेष्ठले तथा मार्शलको भूमिका उत्सव अधिकारी र सरोज सिंहले निर्वाह गरेका थिए ।

युवाहरुलाई असल नागरिक बन्न प्रेरणा प्रदान गर्ने र दुव्र्यसनमुक्त समाजको निर्माणमा सहयोग गर्ने उद्देश्यसहित विगत २०६५ सालदेखि रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा बुटवल श्री निरन्तर सञ्चालन हुँदै आइरहेको छ । प्रथम बुटवल श्री २०६५ का विजेता विकास चौधरी, दोस्रो बुटवल श्री २०६८ विजेता शेर बहादुर खाम्चा, तेस्रो बुटवल श्री २०७० विजेता बिनोद बज्राचार्य, चौथो बुटवल श्री २०७२ विजेता विजेन्द्र मान श्रेष्ठ, पाँचौ र छैठौंं बुटवल श्री २०७३, २०७४ विजेता तारा थापा तथा सातौं बुटवल श्री २०७५ विजेता चन्द्रमान श्रेष्ठ, आठौंं बुटवल श्री २०७५ विनोद सुनार, नवौं २०७६ र दशौं २०७९ मा कृष्ण कुमार श्रेष्ठ विजेता बनेका थिए ।

लुम्बिनी प्रदेश शारीरिक सुगठन संघको स्थापना भएपश्चात उक्त प्रतियोगिताको नेतृत्व प्रदेश संघले लिदै यसपटक लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मधेश समेत थप गरी प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता गरेको हो ।

पुरस्कृत खेलाडीहरुलाई अध्यक्ष सितु प्रसाद श्रेष्ठ, प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, विशिष्ठ अतिथि प्रदेश खेलकुद परिषद लुम्बिनी सदस्य सचिव तिरनदाज गौतम, नगर खेलकुद समिति बुटवलका अध्यक्ष बोनिन पिया लगायतले सम्मान गरेका थिए ।

91fe3b25-ac6e-4395-b683-ba4b00666540.jpg
e1fc81ab-cf36-4cfd-bbc1-a5e06e240836.jpg