२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ओमसतियाबाट नदीजन्य पदार्थ चोरीमा संलग्न सवारीसाधन नियन्त्रणमा

बुधवार , चैत्र १९, २०८१

भैरहवा, २० चैत । नदीजन्य पदार्थको चोरीमा संलग्न सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय ओमसतिया, रुपन्देहीबाट खटिएको टोलीले मंगलबार ओमसतिया–५ स्थित गौरीबाट सवारीसाधन नियन्त्रणमा लिएको हो ।

अवैध रुपमा मिस्कट उत्खनन् गरी ओसापसार गरिरहेको अवस्थामा नम्बर नखुलेको जेसीबी र प्रदेश २–०३–००१ ख ०८१३ नम्बरको टिप्पर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए ।

डीएसपी कार्कीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारवाहीका लागि ओमसतिया गाउँपालिकाको कार्यालयमा पठाइएकोमा ६० हजार रुपैयाँ जरिवाना भएको छ ।