
आइतवार , चैत्र ८, २०७७
बुटवल, ८ चैत ।
सिजन मिडियाद्धारा आयोजना गरिएको नेशनल सोसल वेयलफेयर अवार्ड २०२० बाट बुटवलका एक जना युवा उद्यमी सम्मानित भएका छन । सामाजिक, सांस्कृतिक र सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशिल सिजन मिडियाले विभिन्न क्षेत्रमा योगदान पुुर्याउने सामाजिक कार्यमा अग्रसर बुटवलका युवा उद्यमी सिद्धार्थ गुरुङसहित देशभरका २ दर्जन जना व्यक्तित्वलाई सम्मान गरेको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले अपांगता, एकल महिला, शिक्षा लगायत क्षेत्रमा क्रियाशिल संस्थाका प्रमुख तथा प्रतिनिधिलाई सोसल वेयलफेयर अवार्ड बितरण गरेका थिए ।
सम्मान पाउनेहरुमा संयुक्त अपांगता एकता आवाज केन्द्रका संस्थापक तोलाबहादुर कार्की, सामाजिक अभियन्ता केपी खनाल र रन्जु राई, जातीय विभेदको क्षेत्रमा क्रियाशील बेला फाउण्डेशनका अध्यक्ष आरती लम्साल, महिला अधिकारकर्मी तथा पत्रकार रुपा शर्मा नेहा, महिला अधिकारकर्मी रेखा तामाङ लोप्चन, बुटवलका युवा व्यवसायी तथा समाजसेवी सिद्धार्थ गुरुङ, रामनारायण घिमिरे, समाजसेवी विमल पन्त, निता राउत, राधा मताङ्गी, स्नेहा श्रेष्ठ, इन्दिरा राना मगर, उत्तम सञ्जेल र लिली थापा, शिक्षा तथा समाजिक क्षेत्रमा न्यू क्रियटिभ इङलिस बोर्डिङ स्कुल नागार्जुन, श्रम तथा रोजगार विषयमा कलम चलाउने राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार अशोक घिमिर, बैंकिङ तथम बीमा कम्पनी साथै समाजसेवीे लक्ष्मी रिजाल, सिसेज व्यूटी क्वीन तथा समाजसेवी राजनैतिक सन्तोषी शाही ठकुरी, व्यवसायी तथा समाजसेवी रोटरीयन रसुमिला श्रेष्ठ, इटहरीका वरिष्ठ पत्रकार तथा समाजसेवी गणेश निरौला, टेक्सटायल व्यापारी तथा राजनैतिक तथा समाजसेवी जाकिर हुसेन, इटहरीका वरिष्ठ पत्रकार कृष्ण अधिकारी अन्तर्राष्ट्रिय खेलाडी रेफ्री तथा समाजसेवी पर्खिधन राई, बेलायती सेनाका मेजर तथा समाजसेवी योगेश कोयी राई साउथ वोस्टन स्टेट कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसी, पूर्व ट्राफिक प्रहरी तथा ललितपुर महानगरपालिका प्रहरी प्रमुख सिताराम हाछेथु, समाजसेवी तथा राजनीतिक व्यक्तित्व देवेन्द्र प्रधान र एनआरएन आइसीसी केन्द्रिय उपाध्यक्ष समाजसेवी अजुन कुमार श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा शिक्षा मन्त्री श्रेष्ठले समाजसेवामा लागेका ब्यक्तित्वको सम्मानबाट सामाजिक रुपान्तरणमा टेवा पुग्ने बताए ।
सिजन मिडियाका संस्थापक प्रदीपराज वन्तले स्वदेश तथा विदेशमा रही मातृभूमिको सेवामा समर्पित समाजसेवीलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij