
शुक्रवार , चैत्र २१, २०८१
बुटवल, २२ चैत । बिस पचहत्तर युवा परिवार, बुटवलको आयोजनामा शनिबार (भोलि)देखि बुटवलमा प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता–२०८१ हँुदैछ । चैत ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबले जनाएको छ ।
सिद्देश्वरी लालकुमारी माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा आयोजक बिस पचहत्तर युवा परिवार, सुनवल नगरपालिका, वीरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलवस्तु, वालिङ, एमएससी भारतको टीम सहभागी हुँदैछन् । प्रतियोगिताको उद्घाटन खेल दिउँसो ३ बजे आयोजक बिसपचहत्तर युवा परिवार र सुनवल नगरपालिकाकाबीच हुनेछ ।
बुटवल उपमहानगरपालिकाको सहयोग तथा प्रिती चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगिता सञ्चालन गरिने मैदानमा दर्शकलाई सहजताका लागि १ हजार जना अट्ने अस्थायी प्याराफिट निर्माण गरिएको अध्यक्ष सुरेन्द्र थापाले बताए । प्रतियोगितामा सहभागी हुन आउने टीम बुटवल आइसकेको र टीममा राष्ट्रिय खेलाडीहरु विभिन्न टीमबाट खेल्ने उनले जानकारी दिए ।
बुटवलमा यो स्तरको महिला फुटबल प्रतियोगिता पहिलोपटक आयोजना हुन लागेको क्लबका सचिव दीपक गुरुङले दावी गरे । प्रतियोगिता फुटबलप्रेमीहरुले नेपालका चर्चित तथा राष्ट्रिय महिला खेलाडीहरुलाई मैदानमा देख्न पाउने उनको भनाइ छ ।
प्रतियोगिताको उपाधि विजेता टीमले नगद १ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टीमलाई नगद ५० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । त्यसै गरी विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँसहित कप तथा ४ जना उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजारसहित कपबाट पुरस्कृत गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न करिक २० लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij