
आइतवार , चैत्र ८, २०७७
बुटवल, ८ चैत ।
मोटर ड्राइभिङ स्कूल संघमा कबिन्द्रमान श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न १५ औ साधारणसभा तथा ११ औ अधिवेशनबाट संघको उपाध्यक्षमा श्रीधर अर्घाली, सचिवमा राम बहादुर रायमाझी, सह–सचिवमा कृष्ण देवकोटा, कोषाध्यक्ष हुमकान्त भुसाल तथा सदस्यमा सिताराम बानिया, महेन्द्र कुमार भुसाल, महेन्द्र भुसाल, खगेन्द्र अर्याल, कृष्ण प्रसाद बस्याल, भानुभक्त ज्ञवाली, शिव कुंवर र गिता अर्याल पन्त निर्वाचित भएका छन । यसै गरी लेखा संयोजकमा सिराज अहमद मनोनित भएका छन ।
कार्यक्रमको उद्घाटन गर्दै संघका केन्द्रीय सल्लाहकार नारायण प्रसाद अधिकारीले तीन तहकै सरकारबीच समन्वय अभावका कारण ड्राइभिङ स्कूलहरु समस्यामा परेको दःुखेसो गरे । आम नागरिकलाई सवारी अनुमतिपत्र प्राप्त गराउन व्यवहारिक र प्राविधिक ज्ञानमा योगदान दिंदै आएका संघहरुको समस्यामा रहेको दःुखेसो गरे ।
संघका अध्यक्ष प्रमोद थापाले अनलाइन २०२२ सम्मको साप्ताहिक दर्ता प्रक्रिया अहिले धेरै कठिनाई भएको बताए । हप्तामा ४ दिन नयाँ र थप गरी साढे ३ सय मात्र हुने गर्दा यसले सेवाग्राहीलाई धेरै कठिनाइ भएको उनले बताए । सरकारले नियम कानुन कडाई गरे पनि त्यस अनुसारको सेवा पाउनबाट वञ्चित हुनु परेको उनले बताए । साविक लुम्बिनी अञ्चलभरी छरिएर रहेका अहिले १ सय २२ जना संघमा आबद्ध रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij