
शनिवार , चैत्र २२, २०८१
भैरहवा, २३ चैत । सक्षम सहारा बहुउद्देश्यीय महिला समूह सिद्धार्थनगर नगरपालिका–६ किशोरपुर, रुपन्देहीले नयाँ वर्ष २०८२ को भित्तेपात्रो (क्यालेण्डर) विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले सक्षम सहारा बहुउद्देश्यीय महिला समूहसँग वडा कार्यालयले निरन्तर सहकार्य गर्दै आएको बताए । उनले संस्थाले गरेका रचनात्मक कार्यहरु निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विशिष्ट अतिथि सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, अतिथि वडा नम्बर ६ का वडा सदस्य अनिल कुमार क.सी., अनिल सिंह गुरुङ, वडा नम्बर २ का वडा सदस्य कञ्चन थापा, हिन्दू युवा वाहिनी लुम्बिनी प्रदेशका अध्यक्ष पुरन सिंह राना लगायतले भनाइ राखेका थिए ।
संस्थाका अध्यक्ष शान्ता कंडेलेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष सचिता अर्यालको स्वागत तथा सचिव लाजिना देवकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij