
शनिवार , चैत्र २२, २०८१
बुटवल, २३ चैत । रुपन्देहीको बुटवलस्थित सुख्खानगरमा रहेको होलिल्याण्ड किड्स एकेडेमीले १८ औं वार्षिक उत्सव अविभावक तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । वि.स. २०६४ सालमा स्थापित किड्स एकेडेमीले शुक्रबार एक समारोहबीच वार्षिकउत्सव तथा दिक्षान्त समारोह सम्पन्न गरेको हो ।
कार्यक्रममा एकेडेमीमा विभिन्न समयमा गरिएको खेलकुद, साँस्कृतिक कार्यक्रमसहित अतिरिक्त क्रियाकलापमा सफल भएका बालबालिकालाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको एकेडेमीका प्राचार्य रूपा सिंजालीले बताइन् । एकेडेमीमा दिवा आवासीय सुविधासहित प्ले ग्रुप, नर्सरी, एलकेजी र यूकेजीसम्मको अध्यापन भइरहेको सिंजालीले जानकारी दिइन् ।
एकेडेमीका अध्यक्ष अजिता श्रेष्ठको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष यज्ञ पंगेनीको प्रमुख आतिथ्यता, दीप बोर्डिङ हाई स्कूलका उपप्राचार्य सुरेन्द्र कुमार शाक्य, एकेडेमीका प्राचार्य रूपा सिंजाली अनु रजक लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन महेश खनालले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij