२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा एमजी एस–५ इलेक्ट्रिक कारको विक्री सुरु

शनिवार , चैत्र २२, २०८१

भैरहवा, २३ चैत । रुपन्देहीको भैरहवामा एमजी एस–५ इलेक्ट्रिक कारको विक्री सुरु भएको छ । विश्व बजारमा राम्रो विक्री भइरहेको उक्त कार शुक्रबार भैरहवामा आयोजित एक कार्यक्रममा लन्चिङ गरी विक्री सुरु गरिएको हो । भैरहवा र यस आसपासको क्षेत्रका लागि आधिकारिक विक्रेता थ्रि.एच.एल. कम्पनी प्रा.लि.ले कारको विक्री सुरु गरेको हो ।
 
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्य र कम्पनीका प्रबन्ध निर्देशक हरि बहादुर थापाले कार लन्चिङ गरे । कार्यक्रममा बोल्दै संघका अध्यक्ष आचार्यले हरेक वर्ष इन्धन आयातमा अरबौं रुपैयाँ खर्च भइरहेको बेला नेपाली बजारमा भित्रिएका विद्युतीय कारणले केही मात्रामा भए पनि इन्धन आयात प्रतिस्थान गरेको जनाए । उनले वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्ने भएकाले विद्युतीय सवारीसाधन प्रयोग गर्नुपर्नेमा जोड दिए । सरकारी नीतिले विद्युतीय सवारीमा बढी कर लगाइएको जनाउँदै यसमा छुट दिनुपर्ने अध्यक्ष आचार्यले जनाए ।

एमजी एस–५ इभी कार आकर्षक र आरामदायी भएकाले धेरैको रोजाईमा पर्ने आचार्यको विश्वास छ । भैरहवा क्षेत्र अटो बजारको हब बनिरहेको जनाउँदै आचार्यले निजी क्षेत्रबाट भित्रिने लगानीको संरक्षण गर्न संघले सधै सकारात्मक भूमिका खेल्ने बताए । 

प्रबन्ध निर्देशक थापाले सुरुमा विद्युतीय सवारी किन्दा चार्जिङ स्टेसनको अभाव भए पनि अहिले सबै शहर तथा ठूला होटलहरुमा यो सुविधा रहेको जनाए । थापाले ब्याट्री टिकाउ, राम्रो, आरामदायी र ग्राउण्ड क्लिरियन्स पनि राम्रो भएकाले एमजी एस–५ इभीप्रति सबैको आकर्षण बढिरहेको जनाए । उनले विश्व बजारमा एक सय वर्ष पूरानो र सफल मानिएको कार भैरहवा क्षेत्रमा आफूहरुले विक्री सुरु गर्न पाउँदा निकै हर्षित भएको बताए । सबै क्षेत्रका कारका पारखीहरुमाझ एमजी एस–५ इभी लोकप्रिय बन्ने आफूहरुको अपेक्षा रहेको जनाए ।

mg s5 ev 1.jpg

 

कार लन्चिङको अवसरमा ५० हजार छुट दिइएको कम्पनीले जनाएको छ । लन्चिङको अवसरमा सिद्धार्थ उद्योग वाणिज्य संघका कोषाध्यक्ष कमल प्रसाद मरासिनीले उक्त कार खरिद समेत गरेका छन् । नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले नेपालमा यो कारको विक्री निकै राम्रो भएको जनाएको छ । ४३ लाख ९९ हजार रुपैयाँ मूल्य पर्ने कारको सबै सहरमा सर्भिस सेन्टर रहेको कम्पनीको भनाइ छ ।
 
यो गाडी रियर ब्हिल ड्राइभको छ । गाडी सिटिएल ब्याट्रीबाट बनाएको कम्पनीको दावी छ । पातलो र अहिलेको परिप्रेक्ष्यमा यो ब्याट्री निकै विश्वसनीयता देखिएको छ । एमजी एस फाइभ ईभी गाडीको परफेक्ट लुक्स, इन्टेलिजेन्स, भर्टीकल नभइकन होराइजेन्टल ब्याट्री फिट भएको छ । एमजी एस फाइभ ईभी गाडी निकै सुरक्षित पनि छ । ९९ किलोवाटको यो गाडीमा दुई वटा ब्याट्री अप्सन ४९.१ र ६२.२ किलोवाटको ब्याट्री जडान गरिएको छ ।
 
एमजी एस फाइभ विद्युतीय एसयूभी सेगमेन्टमै पहिलो रियर ह्वील ड्राइभ मोडलको गाडी हो । फाइभ लिङ इन्डिपेन्डेन्ट सस्पेन्स सिस्टम रहेको विद्युतीय एसयूभी रेयर ह्वील ड्राइभमा भएकाले यो प्रतिष्पर्धीको तुलनामा थप अब्बल देखिएको छ । एड्भान्स ड्राइभर असिस्ट सिस्टम छ । एसफाइभको लम्बाइ ४४ सय ७६ एमएम, चौडाइ १८ सय ४९ एमएम र उचाई १६ सय २१ एमएम छ । यो विद्युतीय एसयूभीमा २७ सय ३० एमएम लामो ह्वीलवेस छ । यसमा कम्पनीले अहिलेसम्मकै सबैभन्दा पातलो १ सय १० एमएम उचाइ भएको ब्याट्री प्रयोग गरिएको छ । एमजीको जेडएस ईभी, एमजी फोर र कोमेट नेपाली बजारमा विक्री हुँदै आएको छ । पारामाउन्ट मोटर्सले चार्जिङ नेटकर्व र सर्भिसमा आक्रामक विस्तारमा गरिरहेको छ ।
 
एमजी एस–५ को इन्टेरियर मिनिमल डिजाइनमा तयार भएको छ । ड्यासबोर्डमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले रहेको क्रसओभर एसयूभीमा हिटेड र भेन्टिलेटेड सिट पाउन सकिन्छ ।
 
नेपालमा धेरैले सोध्ने ग्राउण्ड क्लियरेन्स पनि यसमा १८० एमएम पाउन सकिन्छ । कम्पनीले एस–५ सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्री अहिलेसम्मकै सबैभन्दा पातलो रहेको कम्पनीको दावी छ । ब्याट्री पातलो भएको कारण यसको क्याबिन पनि निकै स्पेसियस देख्न सकिन्छ । यस्तै, ७ वटा एयर बक्स रहेको कार आरामदायी छ । एमजी एस–५ मा प्रयोग भएको सानो ब्याट्रीले ३४० र ठूलो ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिन्छ । यसको सबै भेरियन्टमा ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ ।