
शनिवार , चैत्र २२, २०८१
भैरहवा, २३ चैत । मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको मूल समितिको अध्यक्षमा राजेन्द्र यादव विजयी भएका छन् । शनिबार (आजं) अध्यक्ष, सचिव तथा कोषाध्यक्षका लागि भएको निर्वाचनमा ६४ मत प्राप्त गरी अध्यक्षमा यादव विजयी भएका निर्वाचन अधिकृत विवेक साहले बताए ।
सचिवमा जगन्नाथ प्रसाद कुर्मीले ७५ मत र कोषाध्यक्षमा प्रभु यादवले ६८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत साहले जानकारी दिए । अध्यक्ष पदका निकटतम नजिर अहमद मुसलमानले ६३ मत र फिरोज अहमद खाँले २ मत ल्याएका उनले बताए । साहका अनुसार सचिव पदका उम्मेदवार अब्दुल सलाम मुसलमान ४६ मत, कोषाध्यक्ष पदका उम्मेदवार जनार्दन यादव ५४ मत ल्याएका छन् ।
१ सय ३१ मतदाता रहेका निर्वाचनमा शतप्रतिशत मतदान भएको थियो । यसअघि संस्थाको उपाध्यक्षमा राम अवध मिश्र र महिला उपाध्यक्षमा मन्सा देवी गुप्ता निर्विरोध निर्वाचित भइसकेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij