
आइतवार , चैत्र २३, २०८१
भैरहवा, २४ चैत । श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका ३, ५ र ६ ले नयाँ वर्ष २०८२ को क्यालेण्डर विमोचन, शुभकामना आदानप्रदान एवं ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम गरेको छ । नयाँ वर्ष २०८२ को अवसरमा शनिबार भैरहवामा कार्यक्रमको आयोजना गरिएको श्री दुर्गा सामुदायिक सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले बताए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न प्रहरीलाई समुदायको साथ आवश्यक रहेको बताए ।कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–३ का अध्यक्ष नारायण प्रसाद उपाध्याय, ६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, भैरहवा मर्निङवाक ग्रुपका अध्यक्ष विजय गोविन्द श्रेष्ठ लगायतले भनाइ राखेका थिए ।
कार्यक्रममा १०५ वर्षिय वृद्धासहित ज्येष्ठ नागरिक र एकल महिलाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा बेलादेवी जयसवाल (१०५), रामलाल यादव (९६), धन बहादुर थापा (८८), बासुदेव अग्रवाल (८२), हरिकला पुन (८०), प्रमिला देवी मल्लिक (७७) र नानीमैयाँ ओझा (७४) रहेका छन् । त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको कार्यसमिति सदस्यमा निर्वाचित दुर्गा सामुदायिक सेवा केन्द्रका आजीवन सदस्य हरिश सेठियालाई पनि सम्मान गरिएको थियो ।
श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका ३, ५ र ६ का अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, उपाध्यक्ष सुक बहादुर आलेको स्वागत तथा महासचिव शान्ता कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij