
आइतवार , चैत्र २३, २०८१
अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परी दुई जना घाइते भएका छन् ।
मालारानीको लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा सात जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५ बजेर ५५ मा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरिक्षक मरासिनीले जानकारी दिए । घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij