
आइतवार , चैत्र २३, २०८१
भैरहवा, २४ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) वडा नम्बर ४ स्थित दोगहराबाट एक बालिका बेपत्ता भएकी छन् । चैत २२ गते शुक्रबार दिउँसो २ः३० बजेदेखि ६ वर्षिय बालिका समीक्षा गौड बेपत्ता भएको नगर प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताए ।
स्थानीय नवदुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत बालिका समीक्षालाई दोगहरामा अटो–रिक्सामा बसिरहेकी एक अपरिचित महिलाले बोलाएपछि बालिका महिलासँगै गएको र वेपत्ता भएको सम्बन्धित परिवारबाट जानकारी आएको यादवले बताए । उनले बालिकालाई फेला पार्ने व्यक्तिले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८०६९७१२३३ वा ९८२३९१६४४० मा सम्पर्क गर्न आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बालिका हराएको र खोजतलासका लागि निवेदन आएको र खोजी कार्य जारी रहेको बताए । ‘सम्बन्धित स्थानहरुमा सिसिटिभी फुटेज हेर्न पनि लगाइएको छ, हालसम्म बालिका फेला परेको अवस्था छैन, ‘डीएसपी कार्कीले भने–‘खोजी र थप अनुसन्धान भइरहेको छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij