
सोमवार , चैत्र २४, २०८१
भैरहवा, २५ चैत । माइती नेपालको ३३ औं ३३ औं वार्षिकोत्सव (स्थापना दिवस) आइतबार रुपन्देहीको भैरहवामा पनि मनाइएको छ । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण विषयक अभिमुखीकरण कार्यक्रम गरी वार्षिक उत्सव (स्थापना दिवस) मनाइएको हो ।
गैरसरकारी संस्था महासंघ रुपन्देहीका उपाध्यक्ष समिता मल्लको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थनगरभित्रका विभिन्न संघ–संस्थाका महिलाहरुको सहभागीता रहेको थियो । सहभागीलाई माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले चेतनामूलक सामग्री प्रस्तुतीकरण गरेकी थिइन् ।
कार्यक्रममा मानव बेचबिखन तथा ओसार पसार कसरी हुन्छ, कसरी सुरक्षित रहन सकिन्छ, कानूनी व्यवस्था के छ, जस्ता विविध विषयमा जानकारी गराइएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij