images

आइतवार, बैशाख २३ गते २०८१

‘दोगहरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ को सार्वजनिकरण

‘दोगहरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ को सार्वजनिकरण

images
images
images
सोमवार, चैत्र ९ २०७७
सोमवार, चैत्र ९ २०७७
  • ‘दोगहरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ को सार्वजनिकरण

    भैरहवा,  ९ चैत ।
    ‘दोगहरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ को सार्वजनिकरण गरिएको छ । सोमबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा आयोजित एक कार्यक्रमकाबीच उक्त कार्यक्रमको सार्वजनिकरण गरिएकोे छ । 

    images
    images
    images

    भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको ५० लाख र स्मार्ट संचालक समितिको तर्फबाट १२ लाख ५० हजार गरी ६२ लाख ५० हजार बजेटमा आर्थिक वर्ष २०७७/७८ मा कार्यक्रम संचालन गरिने कार्यक्रम संयोजक संजय कुमार सहानी (चाई) ले बताए । कार्यक्रमबाट दोगहरीका ९० घरधुरी संख्या लाभान्वित हुने उनले बताए । धान र तरकारी खेती कार्यक्रममा समावेश भएको उनले जानकारी दिए ।

    श्री कृषि ज्ञान केन्द्र, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० दोगहरीमा स्थापना भएको श्री दोगहरी स्मार्ट कृषि गाउँ कार्यक्रम समितिबीच साझेदारी/सहकार्यमा आ.व. २०७७÷७८ को स्वीकृत स्मार्ट गाउँ कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको कार्यक्रमका सचिव राजकुमार चाईले जानकारी दिए । 

     कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले कृषिको लागि वडा नम्बर १० र त्यसमा पनि दोगहरी प्राथमिकतामा परेको बताए । उनले पछाडी परेको सिद्धार्थनगरका वडामा यस्ता कार्यक्रमहरु ल्याउन आफुले पहल गर्दै जाने बताए । नागरिकको समस्या समाधानको लागि निरन्तर लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे । जनता समाजवादी पार्टी नेपाल (जसपा) लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत रहेका पाण्डेयले जनताले तिरकै करबाट जनताको विकास हुने भएकोले कार्यक्रमलाई सफल बनाउन नागरिकको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष विजयनाथ धवलले कार्यक्रम राम्रोसंग बुझेर अगाडी बढ्न आग्रह गरे । उनले वडा नम्बर १० को विकासमा आफु लागिपरेको बताए । उनले कृषि क्षेत्रको विकास प्राथमिकतामा राखेर अगाडी बढेको बताए ।

    कार्यक्रममा सिद्धार्थनगर–१० का वडा सदस्य जानकी कुंवर, कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत दशरथ प्रसाद कोइरी, बागबानी विकास अधिकृत मानदेव प्रसाद चौधरी, सिद्धार्थनगर नगरपालिका कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादव लगायतले बोल्दै अब व्यवसायिक खेतीतर्फ लाग्नुपर्ने बताए । स्थानीयवासी कृष्ण कुंवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij