२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान

सोमवार , चैत्र ९, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • काठमाडाैँ, ९ चैत्र 

    राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान गरेकी छन्। 

    सोमबार बिहान ८ः३० बजे ध्वजावाहाक नेपाल वायु सेवा निगमको न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गरेकी हुन्। 
    दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बङ्गलादेश गएकी हुन्। बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति महोम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति गएकी हुन्।

    राष्ट्रपति भण्डारीलाई बिदाई गर्न विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा आली, शभामुख अग्नी सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, नेकपा एमालेका नेता सुवास चन्द्र नेवाङलगायत पुगेका थिए।