२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

आज कहाँ कहाँ पानी पर्दै छ ?

मंगलवार , चैत्र २५, २०८१

भैरहवा । नेपालका बिभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ । आजदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायुसँगै स्थानीय वायुको आंशिक प्रभावका कारण मौसम बदली भई देशका विभिन्न ठाउँमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार काठमाडौंमा दिउँसो हल्का पानी पर्ने सम्भावना छ । त्यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनीको पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।