
मंगलवार , चैत्र २५, २०८१
बुटवल, २६ चैत । रोटरी क्लब अफ बुटवल चौतारीको आयोजनामा भएको संयुक्त बृहत रक्तदान कार्यक्रममा ७५ यूनिट रगत संकलन भएको छ । कार्यक्रममा रोटरी क्लब अफ बुटवल चौतारीका स्पोन्सर क्लबहरु रोट्रयाक्ट क्लब अफ बुटवल चौतारी, रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारी, इन्ट्रयाक्ट क्लब अफ भैरहवा चौतारी र इन्ट्रयाक्ट क्लव अफ नविन चौतारीले पनि सहकार्य गरेका थिए ।
रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए । उनले क्लबले गत कात्तिकमा पनि रक्तदान कार्यक्रम गरेको जानकारी दिदै त्यतिबेला ६८ युनिट रगत संकलन भएको बताए । रक्तदान कार्यक्रमलाई अवका दिनमा पनि निरन्तरता दिइने उनले बताए ।
त्यसअवसरमा बोल्दै उनले ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने भावनाका साथ क्लबले आफ्ना गतिविधिलाई अगाडि बढाउँदै लगेको जानकारी दिंदै सामाजिक र रचनात्मक काममा निरन्तर क्रियाशील रहन आग्रह गरे ।
भलिबलमा उपविजेता
यसैबीच रोट्रयाक्ट क्लब अफ बुटवल साउथले आयोजना गरेको भलिबल प्रतियोगितामा रोटरी क्लब अफ बुटवल चौतारी उपविजेता बन्न सफल भएको छ । १२ औं रोटरी रोट्रयाक्ट रनिङशिल्ड भलिबल प्रतियोगितामा आरसी बुटवल चौतारी उपविजेता बनेको हो । प्रतियोगिताको उपाधि भने रोटरी क्लब अफ इ मेडिको फ्युजनले जितेको थियो ।
प्रतियोगितामा रोटरी क्लब अफ बुटवल साउथ, रोटरी क्लब अफ बुटवल चौतारी, रोटरी लुम्बिनी स्टार्स, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही, रोटरी क्लब अफ इ मेडिको फ्युजन, रोटरी क्लब अफ बुटवल डाउनटाउन गरी ६ वटा टीमले भाग लिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij