
मंगलवार , चैत्र २५, २०८१
बुटवल, २६ चैत । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानको आयोजना, रोट्रयाक्ट क्लब अफ चितवनको आतिथ्यता, रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का १७ वटा क्लबहरुको सह–आतिथ्यता, रोटरी क्लब चितवन र इन्ट्रयाक्ट क्लब अफ नारायणगढको सहकार्यमा दोस्रो भेला (पिएस मिट) चितवनमा सम्पन भएको छ ।
कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता, रोट्रयाक्ट क्लब अफ चितवनका अध्यक्ष युगल कुमार श्रेष्ठ र पिएस मिट कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का डिआरआर विक्रम क्षेत्रीले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले रोटरी–रोट्रयाक्टका कार्यक्रमहरु सहकार्य र समन्वयमा अगाडि बढाउँदै लैजाँदा कार्यक्रमको प्रभावकारिता बढ्ने बताए । उनले आजका रोट्रयाक्टरहरू भोलिका रोटरियनहरू हुने बताए ।
क्लबका अध्यक्ष एवं सचिवहरू र रोट्रयाक्ट अभियानमा लागेका युवाहरूले रोट्रयाक्टको माध्यमबाट आफ्नो व्यक्तित्व र नेतृत्व विकास गर्ने भएकाले यो अभियानमा जोडिन रोट्रयाक्टबाहिर रहेका सबै युवाहरूलाई आग्रह गरे । कार्यक्रमको अतिथि एवं वक्ताको रूपमा पूर्व डिष्ट्रिक्ट गभर्नर रविन्द्र कुमार पिया, संजय गिरी तथा निर्वाचित डिष्ट्रिक्ट गभर्नर विनोद कोइराला रहेका थिए ।
डिष्ट्रिक्ट गभर्नर नोमिनी विष्णु बहादुर कार्कीको विशिष्ट आतिथ्यता, रोटरी वर्ष २०२५/०२६ का डिआरसिसी चियर किशोर त्रिपाठी, डीआइआर दिप्सन अधिकारी रोट्रयाक्ट नेपालका प्रथम डीआरआर राजन पिया, पूर्व डीआरआर सुशील कुमार कार्की, निवर्तमान डीआरआर रोशन कार्की, निर्वाचित डीआरआर दिनेश गैरे, डीआरआर नोमिनी प्रकाश शर्मा, निर्वाचित डीआइआर, सुशान अधिकारी, रोटरी क्लब अफ चितवनका अध्यक्ष भानु शर्मा, संस्थापक अध्यक्ष निरञ्जन प्रधान लगायतको आतिथ्यता थियो ।
रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का निर्वाचित अध्यक्ष दिनेश गैरेको स्वागत रहेको कार्यक्रममा रोटरी वर्ष २०२५/०२६ का लागि अध्यक्ष तथा सचिवहरूलाई महत्वपूर्ण विषयवस्तुमा केन्द्रित रहि फरकफरक सेसनमा राखी तालिम प्रदान गरिएको थियो ।
अध्यक्षहरूलाई कार्यक्रमका अतिथिहरूले प्रशिक्षण प्रदान गरेका थिए । सचिवहरुलाई रोट्रयाक्ट डिष्ट्रिक्टका एडिआरआर चन्द्रभक्त अधिकारी, सचिव सुबिन खड्का र डीएलटी अर्जुन खड्काले प्रशिक्षण प्रदान गरेका थिए । डिआरआर विक्रम क्षेत्रीले रोटरी वर्ष २०२५/०२६ लाई प्रभावकारी बनाउन अध्यक्ष र सचिवको भूमिकाको विषयलाई प्राथमिकतामा राखी तालिम प्रदान गरिएको हुनाले यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले महत्वपूर्ण रोट्रयाक्ट गतिविधिहरु सञ्चालन गर्नुपर्ने र रोट्रयाक्टमा अझै युवा सहभागीता बढाउन सकिनेमा जोड दिए ।
रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का सचिव सुबिन खड्का, सुप्रिया खड्का र रोशन खरेलको सञ्चालन रहेको कार्यक्रममा देशैभरबाट ६५० भन्दा बढीको सहभागीता रहेको रोट्रयाक्ट डिष्ट्रिक्ट मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij