
बिहिवार , चैत्र २७, २०८१
भैरहवा, २८ चैत । जनता समाजवादी पाटी (जसपा), नेपाल लुम्बिनी प्रदेश कार्यकारिणी समितिले विभिन्न निर्णय गरेको छ । पार्टीको प्रदेश कार्यबाहक अध्यक्ष राम अवतार यादवको अध्यक्षता तथा केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्माको प्रमुख आतिथ्यतामा बुधबार रुपन्देहीको भैरहवामा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको हो ।
बैठकले बाँकी रहेका केही वडा, पालिका, जिल्ला र प्रदेशस्तरका भातृ संगठनहरुको अधिवेशन २०८२ वैशाख १५ गतेसम्म गरिसक्नुपर्ने निर्णय गरेको जसपा नेपाल लुम्बिनी प्रदेश मुख्य सचिव राजन बहादुर राना मगरले बताए । उनका अनुसार उक्त समयमा पनि अधिवेशन नगर्ने समितिहरु स्वतः विघटन हुनेछ ।
बैठकले राजन बहादुर राना मगरको संयोजकत्वमा तयार गरिएको पार्टीको स्थानीय तह निर्देशिका २०८१ संशोधन तथा सल्लाह–सुझावसहित पारित गरेको छ ।
बैठकले पार्टीको स्थानीय तह अधिवेशन सम्पन्न गराउन विभिन्न जिल्लामा निर्वाचन अधिकृत (संयोजक) र सदस्यहरु तोकेको छ । जसअन्तर्गत पश्चिम नवलपरासीको निर्वाचन संयोजकमा विरेन्द्र पटेल, सदस्यमा भिखु यादव र राजेन्द्र पटेल, रुपन्देहीको संयोजकमा राम नेवास चौधरी, कपिलवस्तुको संयोजकमा अफाक अहमद खान, बाँकेको संयोजकमा मो. महेमुद ईद्रिसी, सदस्यमा खुस्बु श्रीवास्तव र मेघनाथ वर्मा, दाङको संयोजकमा जयराम यादव, सदस्यमा राजकुमार यादव, बर्दियाको संयोजकमा पतिराम यादव, सदस्यमा रामगोपाल ठटेर र सुशिल चौरसिया रहेका छन् ।
त्यस्तै प्रदेशस्तरीय अधिवेशन भव्य रुपमा सम्पन्न गर्न जसपा नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष विद्या प्रसाद यादवको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति गठन गरिएको छ । समितिको सदस्यमा राजन बहादुर राना मगर, शिवपुजन यादव, घुरहु यादव, चन्द्रधामा हरिजन, गौतम यादव र शिव कुमार चौधरी रहेका छन् । त्यस्तै राम अवतार यादवको संयोजकत्वमा तीन सदस्यीय राजनैतिक प्रतिवेदन समिति गठन गरिएको छ । जसको सदस्यमा राजन बहादुर राना मगर र शिव कुमार चौधरी रहेका छन् ।
त्यसै गरी राजन बहादुर राना मगरको संयोजकत्वमा तीन सदस्यीय सांगठनिक प्रतिवेदन समिति गठन गरिएको छ । समितिको सदस्यमा शिवपुजन यादव र शुशिला पौडेल रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij