२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

भोलिदेखि धुर्मुस सुन्तली फाउण्डेशनको मेची–महाकाली अभियान

सोमवार , चैत्र ९, २०७७

बुटवल, ९ चैत ।
धुर्मुस सुन्तली फाउण्डेशनका पदाधिकारी, अभियन्ताहरु मंगलबारदेखि मेचिमहाकाली अभियान थाल्ने भएका छन । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई देशको ७७ जिल्ला जोडने गरी कञ्चनपुरबाट अभियान सुरु हुने भएको हो । 

अभियानको क्रममा बुटवलमा आइपुगेका टोलीलाई गोर्खाली युवा सशक्तिकरण संस्थाले गरेको स्वागत कार्यक्रममा धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले अभियान चैत २४ र २५ गते बुटवलमा घरदैलो गर्ने गरिने बताए  देशको ७७ वटा जिल्लाको पहिचान हुने गरी रंगशालामा ७७ वटा कक्षहरु निर्माण हुने उनले बताए । 

वैशाखमा रंगशालाको पिच निर्माण गरिने उनले बताए । जसमा महाकालीको माटो र मेची नदीबाट माटो, लुम्बिनीको माटोलाई प्रयोग गरिने उनले बताए ।

अभियान देशभरका समग्र नागरिकलाई निम्तो दिने, जनस्तरबाट निर्माण हुन लागेको रंगशालामा सरकारको समेत सहकार्य जुटाउने लक्ष्य रहेको कलाकार तथा धुर्मुस–सुन्तली फाउण्डेशनका अर्जुन घिमिरे (पाण्डे सोल्टी)ले बताए । आम नागरिकबाट तन, मन र धनबाट सहयोग गर्न उनले सुझाव दिए । संसार बदल्न आफुबाट सुरु गर्नुपर्ने उनले बताए ।  सामाजिक अभियन्ता अर्जुन भुसालले व्यक्तिको नभई समग्र नेपालीको क्रिकेट रंगशाला भएको उनले बताए ।

गोर्खाली सशक्तिकरण अध्यक्ष भरत पुरीले सबैको साथमा ठूला ठूला काम पूरा भएको उदाहरण दिदै राष्ट्रिय आयोजनाका रुपमा रहेको रंगशाला पनि पुरा हुने बताए । बुटवलका युवा रोजिन भण्डारी क्षेत्रीको जन्मदिनको अवसरमा फाउन्डेशनलाई ५ हजार ५ सय रकम सहयोग गरेका थिए ।