२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जन्मदिनको अवसरमा मन्दिरलाई सहयोग

बिहिवार , चैत्र २७, २०८१

भैरहवा, २८ चैत । रुपन्देहीको भैरहवाका एकजना युवाले आफ्नो जन्मदिनको अवसरमा मन्दिरलाई सहयोग गरेका छन् । सिद्धार्थनगर नगरपालिका–९ प्रभातपथ निवासी गोविन्द प्रसाद गिरीले सिद्धार्थनगर–८ बैंककलोनीस्थित श्री नव दुर्गा मन्दिरमा चार थान सिलिङ पंखा प्रदान गरेका हुन् ।

पेशाले बीमा अभिकर्ता रहेका गिरीले मन्दिरलाई आवश्यक पंखा प्रदान गरेका हुन् । ‘मन्दिरलाई पंखाको आवश्यकता भएको जानकारी पाएपछि आफ्नो जन्मदिनको अवसर पारेर बिहीबार उपलब्ध गराएको हुँ,’उनले भने–‘जन्मदिनमा फजुल गर्नुभन्दा केही भए पनि सहयोग गर्नुपर्छ भनेर पवित्रस्थलमा पुगेको हुँ ।’ उनले सहयोगका लागि अवसर प्रदान गर्ने मन्दिर समितिलाई धन्यवाद दिदै आगामी दिनमा पनि मन्दिरलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । गिरी लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका पूर्वअध्यक्ष तथा लुम्बिनी सञ्चार गृह प्रा.लि.का प्रबन्ध सञ्चालक समेत हुन् ।

गिरीले तिलोत्तमा नगरपालिकाको मणिग्रामचोकमा निर्मित लायन्स यात्रु प्रतिक्षालय निर्माणमा पनि आर्थिक सहयोग गर्नुभएको लायन्स क्लब अफ तिलोत्तमा स्टार्सकी अध्यक्ष बिना पौडेलले जानकारी दिइन् ।

WhatsApp Image 2025-04-10 at 5.07.37 PM.jpeg

सिद्धार्थनगर नगरपालिका-८ का वडा सदस्य तथा नगरपालिकाका न्यायीक समिति सदस्य थानेश्वर पाण्डे (प्रकाश) ले गोविन्द प्रसाद गिरीले यसअघि पनि मन्दिरमा सहयोग गर्नुभएको स्मरण गरे । श्री नव दुर्गा मन्दिर समितिका कोषाध्यक्ष समेत रहेका पाण्डेले गिरी सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रहेको भन्दै प्रशंसा समेत गरे ।

श्री नव दुर्गा मन्दिर समितिका अध्यक्ष प्रेमलाल यादवले मन्दिरलाई पंखाको आवश्यकता रहेको बेला जन्मदिनको अवसरमा गोविन्द गिरीले उपलब्ध गराउनुभएको बताए । 

WhatsApp Image 2025-04-10 at 5.07.38 PM (1).jpeg