२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

एलआइसीद्वारा मृत्यु दावी रकम हस्तान्तरण

सोमवार , चैत्र ९, २०७७

तिलोत्तमा, ९ चैत । 
लाइफ इन्स्योरेन्स कम्पनी (एलआइसी) नेपालले बर्दघाट–४ नवलपरासी शिवनगर कलोनी निवासी तोलाकान्त पाण्डेको परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमकाबीच एलआइसी नेपालकी बर्दघाट शाखा प्रबन्धक दृश्या पुरीले तोलाकान्तकी श्रीमती शान्ती पाण्डेलाई रकम हस्तान्तरण गरेकी हुन् । गत असार ९ गते एलआईसी नेपालमा ६ लाख रुपैयाँको बिमा गरेका तोलाकान्तको गत भदौ २१ मा हृदयघात भइ मृत्यु भएको थियो । उनकी श्रीमती शान्तीलाई मृत्यु दावी वापत ६ लाख ३९ हजार ६ सय रुपैयाँ प्रदान गरिएको एलआइसी नेपाल बर्दघाट शाखा प्रबन्धक पुरीले बताइन् । त्यस अवसरमा बोल्दै शाखा प्रबन्धक पुरीले जीवन बिमाले परिवारको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने बताइन् । 

कार्यक्रममा एलआइसीका एजेन्सी म्यानेजर किशनबहादुर चौधरी, अभिकर्ता रामभुवन लोनिया लगायतले जीवन बिमाको महत्वका साथै यसका फाइदाहरुका बारेमा चर्चा गरेका थिए ।