
शुक्रवार , चैत्र २८, २०८१
भैरहवा, २९ चैत । उत्साहित बचत तथा ऋण सहकारी संस्था लि.सिद्धार्थनगर-७, रुपन्देहीको १६ औं स्थापना दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । २०६६ साल चैत २९ गते स्थापना भएको दिनको स्मरण गर्दै संस्थाले वार्षिकउत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनालले नगरका सहकारीको एकताले काममा सहजता हुने बताए । उनले उत्साहित सहकारी नगरको राम्रो सहकारी भएको भन्दै शुभकामना दिए ।
संस्थाका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा असल ऋणी र पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा पूर्वअध्यक्ष तथा सल्लाहकार माधव प्रसाद कोइराला, वसन्त कुमार लाल कर्ण, हरि प्रसाद अर्याल, शंकर पाण्डे, कृष्णराज ढुंगाना, शेयर सदस्य सुस्मा प्रधान, भिमलाल गैरे, व्यवस्थापक संगिता भण्डारी लगायतले बोलेका थिए ।
संस्थाका उपाध्यक्ष ओमराज पन्तको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव कपिल काफलेले गरेका थिए । यसअघि स्थापना दिवसको अवसरमा सहकारीका सदस्यहरुले चेतनामूलक र्याली निकालेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij