
शनिवार , चैत्र २९, २०८१
तिलोत्तमा, ३० चैत । नेपाली काँग्रेस वडा कार्यसमिति तिलोत्तमा नगरपालिका वडा नम्बर ६, रुपन्देहीको आयोजनामा नयाँवर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले नयाँ वर्षमा कांग्रेस सम्बद्ध भातृसंगठन तथा कार्यकर्ताले अझ दृढ भएर पार्टीलाई बलियो बनाउने र समाज परिवर्तनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले कांग्रेस इतिहास, वर्तमान र भविष्य बोकेको पार्टी भएको बताए । उनले कुनै पनि दलसँग काँग्रेसको तुलना गर्न नमिल्ने भन्दै दलका शिर्ष नेताले मुलुकलाई बचाउनकै लागि पदीय लोभ छोडेर एक कदम पछि बसेर काम गरिरहेको बताए ।
‘हामीले बुझ्न जरुरी छ, पार्टीले मुलुकलाई द्वन्द्वमा फस्न नदिनका लागि सरकारलाई झकझकाउने र सुझाव दिने काम गरिरहेको छ, ’उनले भने–‘इमान्दारिताको ओहोदा बोकेको काँग्रेसका कार्यकर्ताले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने काम गर्नुपर्छ ।’
त्यस्तै काँग्रेस क्षेत्र नम्बर २ का प्रदेश उपसभापति एवं तिलोत्तमा–६ का वडाध्यक्ष गणेश पाठकले पार्टीको मर्म बुझेर तरुण, नगर, वडा समितिले काम गर्नुपर्ने बताए । उनले कार्यकर्ताको जागरुकता सेलाउँदा पार्टीलाई असर पर्ने भएकाले युवाहरु गम्भिर भएर पार्टीको काम, आफ्नो जिम्मेवारीमा पूर्ण बन्नुपर्ने बताए ।
कार्यक्रममा काँग्रेस वडा समिति वडा नम्बर ६ लाई विभिन्न समयमा सहयोग गर्ने अग्रज तथा सहयोगी व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमका वडाको तरुण दल कार्यसमितिका साथै किसान संघ कार्यसमिति समेत गठन गरिएको छ । कृष्ण बस्यालको अध्यक्षतामा गठित तरुण दलको उपाध्यक्षमा विष्णु श्रेष्ठ र शिव कुंवर, सचिवमा सुनिता भुषाल, सह–सचिवमा मन्जु अधिकारी र कोषाध्यक्षमा केशव चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अन्तृषल गुरुङ र यानिष चौहान रहेका छन् ।
कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै वडा सभापति युवराज भण्डारीले आफ्नो टीमले पार्टीको जिम्मेवारी बहनमा अहम भुमिका निर्वाह गरिरहेको र भविष्यमा समेत गरिरहने बताए । उनले युवालाई साथमा लिएर पार्टी अघि बढिरहेकाले वडागत तहमा झनै सशक्त भएर तरुण युवा र आफ्नो समितिले काम गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रम नेपाली कांग्रेस वडा नम्बर ६ समितिका सचिव सागर पाठकको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij