२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

आइतवार , चैत्र ३०, २०८१

बुटवल, ३१ चैत । ठुलाखर्क सेवा समाज, रूपन्देहीले आर्थिक सहयोगदाताहरुलाई एक कार्यक्रमकाबीच सम्मान गरेको छ । नव बर्ष २०८२ को अवसरमा शुभ कामना आदानप्रदान कार्यक्रमसँगै सहयोगदाताहरुलाई सम्मान गरिएको हो । 

त्यसअवसरमा समाजले २०८२ सालको भित्तेपात्रो समेत विमोचन गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै समाजका संरक्षक एवं आजीवन सदस्य वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले ठूलाखर्क सेवा समाजले गर्ने कार्यक्रमहरु अझै प्रभावकारी बन्न सकुन् भन्ने शुभकामना दिए । उनले समाजले बेलाबेलामा रचनात्मक र सामाजिक कार्य गर्दै आइरहेको भन्दै आगामी दिनमा समाजलाई थप गतिशिल ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

समाजका अध्यक्ष टामलाल ज्ञवालीले विगतका वर्षझै समाजले आफ्ना गतिविधिलाई समेत समेटेर भित्तेपात्रो प्रकाशनमा ल्याएको बताए । उनले ठूलाखर्क सेवा समाजमा आवद्ध सबै सदस्यहरुको सक्रियताले समाज अहिलेको अवस्थामा आइपुगेको भन्दै यसलाई आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा समाजका सचिव किशोर ज्ञवाली, आजीवन सदस्य गीता ज्ञवाली, समाजका सल्लाहकारद्वय हेमनाथ ज्ञवाली, हरि ज्ञवालीलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा आजीवन सदस्यहरुलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसअवसरमा आदर्श आधारभूत विद्यालय ठूलाखर्कको हिरक महोत्सवको अवसरमा बुटवल भेला तथा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा आदर्श आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ज्ञवाली, विद्यालयका प्रधानाध्यापक डोलबहादुर घर्तीले हिरक होत्सवसम्म आइपुग्दा विद्यालयको समग्र अवस्थाबारे जानकारी गराएका थिए ।