
मंगलवार , बैशाख २, २०८२
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सरकारको कार्यसम्पादनमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा वीच भेटवार्ता भएको हो ।
सरकारको भविष्यमाथि विपक्षी र कार्यसम्पादनबारे गठबन्धनभित्रैबाट प्रश्न उठेपछि देउवासँग ओलीले बालुवाटारमा एक घण्टा छलफल गरेका हुन् ।
प्रधानमन्त्री निकट स्रोतले यसअघि जस्तै मंगलबार नियमित भेटघाट भएको जानकारी दिएको छ । ‘संयुक्त सरकारमा बसेपछि भेटघाट हुने कुरा नियमित जस्तै हो, यसअघि पनि भेटघाट हुन्थ्यो । आज पनि दुई जनाबीच एक घण्टा छलफल भएको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘पछिल्लो समय सरकारका विषयमा अनावश्यक हल्ला गर्ने काम भएको छ । सत्ता समीकरणकै दलका नेताले पनि सरकारको गति बढ्नुपर्यो भन्नेका कुरा उठाउनुभएको छ । छलफल यिनै विषयमा केन्द्रित भएको बुझेका छौं ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij