२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

दलहरुबीचको सहकार्यबाटै गणतन्त्रको रक्षा गर्न सकिन्छ : डा.बाबुराम भट्टराई

बुधवार , बैशाख ३, २०८२

काठमाडौं, ३ वैशाख । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दलहरुबीचको सहकार्यबाटै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले एकले अर्कालाई निषेध गर्नुभन्दा सहकार्य गरी अघि बढ्न सके संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएका हुन् । राजनीतिक बाङ्गोटिङ्गो हुदै अघि बढ्ने प्रक्रिया भए पनि लोकतन्त्र नै प्रमुख कुरा भएको उनले बताए ।

भट्टराईले अहिले विभिन्न ढंगले प्रतिगामीहरु सल्बलाउँदै विभाजन ल्याउन खोजेको भन्दै सजक हुनुपर्नेमा जोड दिए । उनले अहिलेको जटिल भूराजनीतिक अवस्थामा संकीर्ण गुटगत र दलगत चिन्तन भन्दा माथि उठेर राष्ट्रिय हितलाई माथि राखेर लोकतान्त्रिक मूल्य–मान्यतामा दृढ रहेर सहकार्य गर्दै अघि बढ्न आह्वान समेत गरे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र आएसकेपछि कांग्रेस र कम्युनिष्ट रुखका दुईवटा हाँगा हुन् भन्ने आफ्नो मान्यता रहेको बताए ।