२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

आगामी नीति तथा कार्यक्रमका लागि एमालेले प्रधानमन्त्रीलाई बुझायो सुझाव

बुधवार , बैशाख ३, २०८२

काठमाडौं, ३ वैशाख । नेकपा (एमाले) ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा प्रधानमन्त्री केपी ओलीलाई सुझाव हस्तान्तरण गरेको छ । बुधबार सिंहदरबारमा एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरुले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सुझावपत्र हस्तान्तरण गरेका हुन् ।

एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यसप्रकारको सुझाव दिए पनि त्यसबेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझावपत्र दिएको महासचिव पोखरेलले बताए । उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्गकेन्द्रित संकल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिइएका सुझावहरु पनि कार्यान्वयनका आउन बाँकी रहेको जानकारी गराए । 

सुझाव बुझ्दै प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय विभागहरुको रायसमेतका आधारमा दिएको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमामा लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।