२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भलाई कोषको स्थापना दिवसमा ७६ जनाद्वारा रक्तदान

बुधवार , बैशाख ३, २०८२

बुटवल, ३ वैशाख । यातायात मजदुर तथा व्यवसायी भलाई कोषले आफ्नो ५१ औं स्थापना दिवस तथा ४७ औं वार्षिक साधारणसभा विभिन्न कार्यक्रम कार्यक्रम गरी मनाएको छ । कार्यालय परिसरमा बुधबार बृहत रक्तदान, स्वास्थ्य परीक्षण तथा मूल समारोह गरी संस्थाले स्थापना दिवस मनाएको हो । 

स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेको कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए । नेपाल रेडक्रस सोसाईटी, रक्त संचार केन्द्र बुटवलको प्राविधिक

सहयोगमा भएको र कार्यक्रममा मजदूर, यातायात व्यवसायी तथा अन्य शुभेच्छुकहरुले समेत रक्तदान गरेका थिए ।
संघले स्थापना दिवसका अवसरमा हरेक वर्ष रक्तदान गर्दै आइरहेको संघका महासचिव योग गुरुङले बताए । त्यस्तै बुधबार सचिवालयमा मर्सि सिटी अस्पताल प्रा.लि.को प्राविधिक सहयोगमा व्यवसायीहरुको मधुमेहको परीक्षण गरिएको संस्थाका उपाध्यक्ष तथा संयोजक छवि थापाले बताए ।