२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

अहिलेकैअवस्थामा कांग्रेस सरकारमा जान मरिहत्ते गर्दैनः सभापति देउवा

मंगलवार , चैत्र १०, २०७७

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • विराटनगर, १० चैत्र।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेकै अवस्थामा सरकारमा जान आफ्नो पार्टीले कुनै तयारी नगरेको बताएका छन। काँगे्रसको नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताउदै सभापति देउवाले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनैका लागि पार्टीले मरिहत्ते नगर्ने स्पष्ट पारेका छन्। 

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले नेपाली काँग्रेस प्रतिपक्षी भएकाले वर्तमान अवस्थामा सरकारमा सहभागी नहुने बताएका थिए। जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न आदेश दिएकाले सोहीअनुसार सशक्त भूमिका निर्वाह गर्ने देउवाको भनाई थियो। 

    सुनसरीको धरानमा आयोजित एक कार्यक्रमममा सहभागि हुन जानेक्रममा पूर्वप्रधानमन्त्री देउवाले वर्तमान सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउने सम्बन्धमा पनि आफ्नो दलको कुनै तयारी नरहेको जानकारी गराएका छन्। सभापति देउवाले भने–‘काँगे्रस आफ्नो आवश्यक्ता र औचित्यका आधारमा अघि बढ्छ, अरुलाई के चाहिएको हो भन्दै हिड्दैन, काँग्रेसले आवश्यक्ता महसुस गर्यो भने सरकारको नेतृत्व पनि गर्छ अबिश्वास प्रस्ताव पनि ल्याउछ।’
    आफ्नो पार्टीले अरु दलको ईच्छा र अरु दलका नेताको चाहाना र स्वार्थ पुरा गर्ने हिसावले काम नगर्ने सभापति देउवाको प्रष्टोक्ति थियो ।