
बिहिवार , बैशाख ४, २०८२
काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने बताएका छन् । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुंगोमा पुर्याउँदा आयोगबाट पीडितलाई न्याय दिने गरी कार्यसम्पादन हुने भन्दै अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने बताएका हुन् ।
संक्रमणकालीन न्यायसम्बन्धीत आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने उनले बताए । उनले देशमा अनावश्यक हिंसा प्रारम्भ भएको र त्यसका कारण मुलुक अकारण अशान्तिको भूमिमा परिणत भएको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले अधिनायकवाद परास्त भइ लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकावमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने उल्लेख गरे । उनले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यकतामा जोड दिए ।
नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरुको सम्मेलन गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आव्हान पनि गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij