
शनिवार , बैशाख ६, २०८२
भैरहवा, ६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री स्वर्गीय दीपक बोहराका जेठा सुपुत्र गौरव बोहराले सक्रिय राजनीतिमा आउने संकेत देखाएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसबाट पनि उनी सक्रिय राजनीतिमा आउन खोजेको संकेत गर्छ । बोहरा बुद्ध एअरका सिनियर पाइलट हुन् । उनी राजनीतिमा जोडिएर अगाडि बढ्ने चाहना देखाएको बुुझिएको छ ।
बोहराले फेसबुकमा लेखेका छन्–‘भारतको पौराणिक एवं मोक्ष नगरी शिव नगरी काशी (बनारस) मा विधिविधानपूर्वक मेरा स्वर्गीय बुवा दीपक बोहरा ज्यूको अस्थि बिसर्जन क्रिया आज सम्पन्न । बुवाको अन्तिम बिदाईसँगै उहाँले देखाएका र सिकाएका सत्कर्ममा लाग्ने प्रयाससहित काशी विश्वनाथ भोलेनाथसित प्रार्थना गर्दछु ।’
रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन भए को–को उम्मेदवार बन्लान् भन्नेबारे चर्चा सुरु भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij