
सोमवार , बैशाख ८, २०८२
भैरहवा, ८ वैशाख । दानव नदीमा डुबेर बेपत्ता भएका तीनजनामध्ये एकजनाको शव फेला परेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका (लुसनपा) वडा नम्बर २ अर्दौलीका १५ वर्षीय राजन यादवको शव फेला परेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
बेपत्ता भएका लुसनपा–२ बस्ने १२ वर्षीय मुन्नु हरिजन र सोही वडाका १३ वर्षीय उमेश यादवको अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ । सोमबार (आज) दिउँसो लुसनपा–२ स्थित दानव नदीमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij