२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जसपा नेपाल रुपन्देहीको जिल्ला अधिवेशन वैशाख १९ गते

बिहिवार , बैशाख ११, २०८२

भैरहवा, ११ वैशाख । जनता समाजवादी पार्टी (जसपा), नेपालको प्रथम जिल्ला अधिवेशन २०८२ वैशाख १९ गते भैरहवामा हुने भएको छ । चैत १३ गते हुने भनिएको अधिवेशनको मिति परिवर्तन गरिएको र वैशाख १९ गते गर्ने निर्णय भएको जसपा नेपाल रुपन्देहीले जनाएको छ । 

वैशाख १९ गते शुक्रबार दिउँसो १२ः१५ बजेदेखि सिद्धार्थनगर नगरपालिका–१२ कालिकापथस्थित सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सभाहलमा हुने जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले बताए । उनका अनुसार अधिवेशनको पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नेछन् ।

जिल्ला अधिवेशनको तयारी तीव्र रुपमा अघि बढेको पार्टीको रुपन्देही जिल्ला सचिव विष्णु अधिकारीले बताए ।