२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कश्मीरमा मृत्यु भएका सुदिपको शव रुपन्देही ल्याइयो

बिहिवार , बैशाख ११, २०८२

भैरहवा, ११ वैशाख । भारतको जम्मु कश्मीरमा मंगलबार भएको आतंकवादीको आक्रमणमा मृत्यु भएका रुपन्देहीको बुटवलका सुदिप न्यौपानेको शव नेपाल ल्याइएको छ । आमा, बहिनी र ज्वाइँसहित घुमघामका लागि कश्मीर गएका २७ वर्षिय न्यौपानेको मंगलवार हमलामा ज्यान गएको थियो । आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन् ।

सुदिपको पार्थिव शरीर बिहीबार (आज) बिहान सुनौली नाका हुँदै बुटवलको कालिकानगरस्थित घरमा ल्याइएको हो।  परिवार स्रोतका अनुसार पार्थिव शरीर आजै अन्त्येष्टि गरिनेछ । आजै उनको त्रिवेणीमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ । अहिले उनको घरमा आफन्त जम्मा भएका छन् ।