२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

जेसीआई भलवारीद्वारा अन्तरक्रिया तथा स्वागत

मंगलवार , चैत्र १०, २०७७

तिलोत्तमा, १० चैत ।
जेसीआई भलवारीले दुई छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरेको छ । शाखाका पूर्व अध्यक्षहरूसँगको चियापान तथा अन्तरक्रिया र राष्ट्रिय उपाध्यक्षको स्वागत कार्यक्रम सम्पन्न भएको हो । 

शाखाका अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको पूर्व अध्यक्षसंगको अन्तरक्रियाका अवसरमा व्यक्तित्व विकास र नेतृत्व विकासका कार्यक्रम तीव्र बनाउनेबारे छलफल भएको थियो । सो अवसरमा शाखाका पूर्व अध्यक्षहरू मनोज आचार्य, सुरज पंगेनी, सन्तराम चौधरी, शिवप्रसाद गैरे, रमेशकुमार पराजुली, भेषराज पाण्डे, मुक्तिनाथ गैह्रे, गोविन्द पंगेनी, चिरञ्जीवी बस्याल लगायतले बोलेका थिए ।

त्यसै गरी भलवारी जेसीजका निरूपित राष्ट्रिय उपाध्यक्ष पायल शर्माको स्वागत कार्यक्रम सम्पन्न भएको छ । शाखाका महासचिव दुर्गाप्रसाद पाण्डेयको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय उपाध्यक्ष शर्माले शाखाको विकासमा आफ्नो सहकार्य निरन्तर रहने बताए ।

शाखाका कोषाध्यक्ष प्रताप भण्डारीको स्वागतमा भएको कार्यक्रममा किशोर पंगेनी, भुवन नेपाल, लोकनाथ खनाल लगायतले बोलेका थिए ।