
शुक्रवार , बैशाख १२, २०८२
भैरहवा, १२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले संसारभरका जुनसुकै कुनामा हुने मानवताविरुद्धका कुनै पनि आतंककारी घटना आफूहरुलाई मान्य नभएको बताएको छ । राप्रपा रुपन्देहीले शुक्रबार शोक वक्तव्य जारी गर्दै भारतको जम्मु–कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि आतंककारी समूहले गरेको आक्रमणमा बुटवल उपमहानगरपालिका–१४ का सुदिप न्यौपानेसहित २६ जनाको मृत्यु र दर्जनौं व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
जिल्ला अध्यक्ष सागर राणाद्वारा जारी वक्तव्यमा अमानवीय एवं क्रुर घटनाको निन्दा तथा भत्र्सना गरिएको छ । ‘यस दुःखद क्षणमा भारत सरकार र भारतीय जनताप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति रुपन्देहीकोतर्फबाट सहानुभुति प्रकट गर्दछौं, ’वक्तव्यमा भनिएको छ–‘मृतकका परिवारजन, भारत सरकार र भारतीय जनताका साथ हामी रुपन्देही जिल्लाबासी छौं भन्ने विश्वास दिलाउन चाहन्छौं ।’ अध्यक्ष राणाले आक्रमणमा परी निधन भएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij