२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जसपा नेपाल सिद्धार्थनगरको अध्यक्षमा जावेद आलम

आइतवार , बैशाख १४, २०८२

भैरहवा, १४ वैशाख । जनता समाजवादी पार्टी (जसपा) ,नेपाल सिद्धार्थनगर नगरपालिका समिति रुपन्देहीको नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न अधिवेशनले जावेद आलमको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

नगर समितिको उपाध्यक्षमा मनोज प्रजापति, हरिहर यादव, सचिवमा मनोज कुमार धवल, सह–सचिवमा बृजमोहन ठाकुर र कोषाध्यक्षमा इमरान अलि रहेका छन् । त्यस्तै सदस्यहरुमा राहुल प्रजापति, बिन्दु गौड, राहुल यादव, हाकिम धुनिया, निशा जालन्धर, विनिता श्रेष्ठ, अखिल धुनिया, मोहम्मद महताब आलम, रबि विश्वकर्मा र दुर्गेश यादव रहेका छन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जसपा नेपालकी केन्द्रीय सदस्य सावित्रा वि.क.ले पछाडी पारिएका र उत्पीडनमा परेका जनताका लागि र मुलुकलाई समृद्ध बनाउन एकजुट भएर अघि बढनुपर्ने बताइन् । उनले मुलुकमा जसपा नेपालले मात्रै परिवर्तन ल्याउन सक्ने दावी गरिन् । त्यस्तै पार्टीको रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवले जसपा नेपालले यो मुलुकलाई नयाँ दिशा दिदै नेपालको विकास गर्न चाहेको बताए । जसपा नेपालका वरिष्ठ नेता कैलाश गुरुङले कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका पार्टीले जनतालाई ठुलाठुला सपना देखाएर झुक्काएको आरोप लगाए ।

कार्यक्रममा समाजवादी महिला युनियन, नेपाल लुम्बिनी प्रदेश सह–सचिव विष्णु चौधरी , जसपा नेपाल रुपन्देही जिल्ला सचिव विष्णु अधिकारी,  सिद्धार्थनगरका कार्यबाहक अध्यक्ष मनोज प्रजापति लगायतले जसपा नेपालले नै देशमा परिर्वतन ल्याउन सक्ने भएकोले जनताको अधिकारका लागि एकजुट हुन आग्रह गरे ।

जसपा नेपाल सिद्धार्थनगरका कार्यबाहक अध्यक्ष मनोज प्रजापतिको अध्यक्षता, समाजवादी विद्यार्थी युनियन, नेपालका वरिष्ठ उपाध्यक्ष राहुल यादवको स्वागत तथा समाजवादी युवा संघका केन्द्रीय सदस्य जावेद आलमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य सबनम अन्सारी, प्रमुख निर्वाचन अधिकृत रामनेवास प्रसाद चौधरी, निर्वाचन अधिकृत सदरे आलम, गीता पाण्डे लगायतको उपस्थिति थियो ।

904cada5-a4c5-4bf2-80e4-ed98b1c900d8.jpg
031b46f5-1c96-4892-b496-7c1c02c22d5f.jpg