२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जसपा नेपाल सियारीको अध्यक्षमा बरई

आइतवार , बैशाख १४, २०८२

भैरहवा, १४ वैशाख । जनता समाजवादी पार्टी (जसपा), नेपाल सियारी गाउँपालिकाको अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले सन्त प्रसाद बरईको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा गुप्तार यादव, प्रदेशी केवट, सचिवमा गोविन्द यादव, उपसचिवमा अनिल यादव र शैलेस बनिया रहेका छन् ।

सुबरन यादवको अध्यक्षता, जसपा नेपाल लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष राम अवतार यादवको प्रमुख आतिथ्यता, नुरमर थारु, रामवृक्ष केवट, बजरंगी मुराव, बेलास लोध लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।